निगमले पायो पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको नयाँ मूल्य, अब बढ्छ की घट्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2021 | 09:38:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य नघटाउने संकेत गरेको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य स्थिर रहेको र इन्डियन आयल कर्पोरेशनले थोरैले घटेर नयाँ मुल्य पठाएपनि पेट्रोलियम पदार्थको मुल्य घटाउन नसकिने निगम स्रोतले जनाएको छ। 

निगमकाअनुसार एकाध मुल्य घटेर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको नयाँ मुल्य प्राप्त भएको छ तर अहिले थोरैले घटेर आएकै कारण  पेट्रोलियम पदार्थको मुल्य घटाउँदा निगमको नोक्सानी झनै बढ्ने भएकाले मुल्य घट्न सम्भावना छैन। 

निगम स्रोत भन्छ, "थोरैले घटेर नयाँ मुल्य प्राप्त भएको छ तर यहि कारणले मुल्य घटाउन सक्ने अवस्था छैन। मुल्य घटाउँदा निगमको नोक्सानी बढेर जान्छ। तर पेट्रोलियम पदार्थको मुल्य निगमले चाहेर मात्र नहुने भएकाले राजनीतिक लगायतका कारणले मुल्य घटाउने बढाउने भन्ने  निर्णयमा प्रभाव पर्न सक्छ।" 

यद्दपी एउटा निर्णय गरेर पेट्रोलियम पदार्थको मुल्य बढेको, घटेको वा स्थिर रहेको बारे आज भोलि सूचना बाहिर ल्याईने निगम स्रोतले जनाएको छ।

निगमले पछिल्लो पटक अर्थात कात्तिक २४ गते बुधबारदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको बढेको मुल्य सार्वजनिक गरेको थियो। निगमले मुल्य बढाएर पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १३६ रुपैयाँ, डिजेल र मट्टितेलको ११९ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनको मुल्य प्रति लिटर १०१ रुपैयाँ, अन्तराष्ट्रिय हवाई इन्धनको मुल्य प्रति किलो लिटर अमेरिकी डलर ८९५, खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर १५७५ रुपैयाँ पुर्याएको छ।      

मुल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७.५८ रुपीयाँ, डिजेलमा १३.१४ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ६९७.८४  रुपैयाँ घाटा हुने निगमले जनाएको छ। 

१५ दिनमा पेट्रोलमा करिब रु ६१ करोड २५ लाख, डिजेलमा ९७ करोड ३६ लाख तथा एलपी ग्याँसमा १ अर्ब ११ करोड १७ लाख रुपैयाँ घाटा भई समग्रमा निगमलाइ १५ दिनमा २ अर्ब ६२ करोड घाटा हुने निगमको दाबि छ।   

निगमले पछिल्लो पटक पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मुल्य बढाएपछि त्यसको चौतर्फी बिरोध भएको छ। पेट्रोलियम पदार्थ तथा अन्य मुल्य वृद्धिको बिरोधमा विप्लब नेतृत्त्वको नेकपाले हिजो मंगलबार कात्तिक ३० गते नेपाल बन्दको घोषणा समेत गरेको थियो भने बिभिन्न राजनीतिक दल निकट बिद्यार्थी संगठनले पनि आन्दोलन गरिरहेका छन्। 

बिभिन्न राजनीतिक दल निकट बिद्यार्थी संगठनहरुसँग नेपाल आयल निगमको तालुकदार मन्त्रालय 'उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय' का सचिव र नेपाल आयल निगमका प्रतिनिधिहरुले सोमबार कात्तिक २९ गते मन्त्रालयका सचिव दिनेश भट्टराईको रोहबरमा छलफल बसेको थियो। उक्त छलफल फेरी अर्को बैठक बस्ने गरि बिना निष्कर्ष सकिएको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved