अन्तराष्ट्रिय स्तरमा जिम्बु थकाली खानाको पहिचान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 04:33:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले ‘थकाली खाना’ सबैतिर चर्चामा छ । थकाली खाना अहिले स्वदेशी मात्रै नभई नेपाल घुम्न आउने विदेशी पर्यटकको समेत रोजाइ बनेको छ । विश्वस्तरमा थकाली खानालाई ‘ब्राण्डिङ’ गर्ने काम ‘जिम्बु थकाली’ले गरेको छ । 

अमेरिकाको सुखी जीवन छोडेर स्वदेशमै पाखुरा र नङ्ग्रा खियाउने अठोटका साथ फर्किएर विवेक शेरचनले जन्माएको जिम्बु थकालीले आज थकाली खानाका पारखीहरुलाई स्वादिष्ट भोजन मात्रै गराएको छैन, थकाली खानाको वास्तविक स्वादलाई विश्वब्यापी बनाइरहेको छ ।

नेपाली थकाली खानालाई विश्वस्तरमा प्रचार गर्दै आइरहेको जिम्बु थकालीले वास्तवमै थकाली खानालाई ‘ब्राण्डिङ’ गरिरहेको छ । उत्कृष्ट सेवा सत्कारका साथमा नेपाली उत्पादनको प्रयोग गर्दै थकाली खानाको वास्तविक स्वाद पस्किरहेको जिम्बु थकालीले नेपालसहित अन्तराष्ट्रिय स्तरमा समेत थकाली खानाको ब्राण्डिङ र प्रचारप्रसार गरिरहेको जिम्बु थकालीका प्रमुख कार्यकारी अधिकृत प्रभूशरण थापा बताउँछन् ।


यति मात्रै नभई, केही समय अगाडी जिम्बु थकालीलाई प्रतिष्ठित अन्तराष्ट्रिय पत्रिका ‘द इकोनोमिक टाइम्स’ले खानाको प्रख्यात गन्तव्यमध्ये एक गन्तव्यका रुपमा सुचिकृत गरेको थियो । एशियाका ५ उत्कृष्ट ‘फूड डेस्टिनेशन’मा जिम्बु थकाली पनि सुचिकृत भएको थियो । 

सँगै, विभिन्न समयमा ‘द हिन्दु’, ‘नेशनल जियोग्राफी’ जस्ता विश्वविख्यात पत्रपत्रिकाले समेत जिम्बु थकालीको आतिथ्य सत्कार र खानाको परिकारका विशेषतासहित लेखहरु प्रकाशित गरेका छन् । यो केवल जिम्बु थकालीको मात्रै नभई नेपालकै पनि गौरवको कुरा हो ।

जिम्बु थकाली केवल सेवामा मात्रै सिमित छैन, राज्यलाई कर दाखिला गर्ने मामिलामा पनि उत्कृष्ट छ । आर्थिक वर्ष २०७९÷०८० मा उत्कृष्ट करदाताका रुपमा जिम्बु थकाली कर कार्यालयबाट सम्मानित पनि भएको छ ।

‘हामीले सेवा र सत्कारमा उत्कृष्ट नमूना प्रस्तुत गरिरहेका छौँ, साथमा नेपाली थकाली खानाको वास्तविक स्वाद विश्वस्तरमा पुर्याउने काम पनि गरिरहेका छौँ’ सीईओ थापा भन्छन्, ‘काम गर्दै जाँदा जिम्बु थकाली उत्कृष्ट करदातासमेत बन्न सफल भएको छ । हामीप्रति आम उपभोक्ताले देखाएको विश्वासप्रति हामी आभारी छौँ ।’

जिम्बु थकालीले विश्व स्तरमा नेपाली खानाको प्रचारका लागि गरेको अथक मेहनतकै प्रतिफल स्वरुप आज जिम्बु थकाली नेपालको मात्रै नभई विश्वस्तरीय ब्राण्ड बनेको छ । देशभित्र मात्रै सिमित नभई अन्तराष्ट्रिय स्तरमा समेत नेपाली खानाको नामलाई उचाईमा पुर्याउने काममा लागिरहेको जिम्बु थकालीमा अहिले एक दिनमा एउटा आउटलेटबाट ५ सय जनालाई सेवा दिइरहेको छ ।

विवेककी आमाको रेसिपी (खाना पकाउने तरिका) बाट जन्मिएको जिम्बु थकाली सञ्चालनमा आएको ७ वर्ष पूरा भइसकेको छ । अहिले काठमाडौँका टंगाल, झम्सिखेल र वानेश्वरमा आउटलेट खोलेर जिम्बु थकालीले सेवा दिइरहेको छ । कालिमाटीमा पनि ६ महिनाभित्रै आउटलेट खुल्दैछ । कालिमाटीमा सञ्चालनमा आउने आउटलेट हालसम्मकै ठूलो आउटलेट हुने सीईओ थापाले बताएका छन् ।


सीईओ थापाका अनुसार थकाली रेष्टुरेन्टलाई कर्पोरेट रेष्टुरेन्टका रुपमा विकास गर्ने र सञ्चालन गर्ने काम पनि जिम्बु थकालीले नै सुरुवात गरेको हो । 

यस अघिआमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’

सबैभन्दा बढी आयकर तिर्ने जिम्बु थकाली सम्मानित


बिजपाटी डटकमको भिडियोहरु हेर्न यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved