'माधव नेपाल पनि सरकार आउने हो' भन्ने प्रश्नमा ओलीको एक शब्दको जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 08:58:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एस पनि सरकारमा आउँन सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । आज एमाले अध्यक्ष ओली, र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितले माधव नेपाललाई उनको कोटेश्वर स्थित निवासमा गएर भेटेका थिए।

भेटबाट बाहिरिने क्रममा छोटो प्रतिक्रिया दिदै ओलीले भने आफु माधव नेपालको स्वास्थ्य बुझ्न आएको बताए । उनले भने "म त माधवजीलाई रुघाखोकी लागेको रहेछ । ज्वरो आएको रहेछ । म उहाँको स्वास्थ्य बुझ्न हेर्न बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएको थिएँ । अब आइसकेपछि देशको परिस्थितिबारे पनि यसो छलफल चल्नु स्वाभाविक हो ।'

पत्रकारले  माधव नेपाललाई गठबन्धनमा ल्याउने सहमति भयो कि भएन भनेर फेरी ओलीलाई प्रश्न गरेका थिए । केहि समय रोकिएर ओलीले 'एफर्मेटिभ' भन्ने जवाफ मात्र दिए । आशावादी हो भनेर प्रश्न गर्दा ओलीले फेरी एफर्मेटिभ हो भन्ने मात्र जवाफ दिए । अर्थात् ओलीले माधव नेपाल गठबन्धनमा आउँन सकारात्मक रहेको बताएका हुन् ।

यस अघि हिजो प्रधानमन्त्री प्रचण्डले पनि माधव नेपाललाई भेटेका थिए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved