आज पनि संसद बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 09:08:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

आजको बैठकमा प्रि बजेट छलफल सकिने छ । आज अर्थमन्त्री वर्षमान पुनले प्रि बजेट छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।

यस्ता छन् आजको बैठकको लागि तय गरिएका कार्यसूची:

१. ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले "अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता (Framework Agreement on the establishment of the International Solar Alliance (ISA)) माथी सामान्य छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने।

२.  कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहलेः-

(क) "कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथी छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) "खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।

३. आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने ।

४. अर्थमन्त्री वर्षमान पुनले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved