नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्य दूतको कार्यालयको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 10:22:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्य दूतको कार्यालयको उद्घाटन गरिएको छ । भारतीय गणतन्त्रका लागि कोस्टारिकाका कार्यवाहक राजदूत सोफिया सालासले कार्यालयको उद्घाटन गरेको हुन् ।

त्यसपछि ठमेलको गार्डेन अफ ड्रिम्समा भारतीय गणतन्त्रका लागि कोस्टारिकाका कार्यवाहक राजदूत सोफिया सालास र कोस्टारिकाका अवैतनिक वाणिज्यदूत डा मनिष थापाको उपस्थितिमा एक औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका कानुन न्याय तथा संसदीय मामिला मन्त्री माननीय पदम गिरी, सांसदहरु, व्यवसायीहरु, अवैतनिक महावाणिज्यदूतहरु र नेपालका लागि मान्यता प्राप्त कूटनीतिक निकायका सदस्यहरुको उपस्थिति रहेको थियो । समारोहमा  मन्त्री गिरीले अवैतनिक महावाणिज्यदूत डा. थापालाई बधाई सन्देश दिँदै यस नियुक्तिले नेपाल र कोस्टारिकाबीचको द्विपक्षीय व्यापार र लगानीमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले शान्ति र प्रकृतिको संरक्षणमा कोस्टारिका अग्रगामी रहेको र नेपाल जस्ता देशले यसबाट पाठ सिक्नुपर्ने उदाहरण बसेको बताए ।



कार्यक्रमलाई सम्बोधन गर्दै, भारत गणतन्त्र को लागि कोस्टारिकाका कार्यवाहक राजदूत सोफिया सालासले नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्य दूतावासको उद्घाटनले कोस्टारिका र नेपालबीचको व्यापार, लगानी, पर्यटन र जनताबीचको आदानप्रदानलगायतका विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । उनले झण्डै ४७ वर्षअघि सन् १९७७ अगस्ट १६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा बढ्दो सहयोग आदानप्रदानका कारण दुई देशबीचको सम्बन्ध विस्तार र सुदृढ हुँदै गएको बताइन् । उनले सेप्टेम्बर २०१८ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चस्तरीय भ्रमणले नेपाल र कोस्टारिकाबीचको सम्बन्धमा निकै बलियो जग बसालेको पनि प्रकाश पारिन् ।

नेपालका लागि कोस्टारिकाका अवैतनिक वाणिज्य दूत डा. मनिष थापाले नेपाल र कोस्टारिकाबीचको व्यापार र लगानीका अवसरहरूको प्रवद्र्धनका साथै सांस्कृतिक, शैक्षिक र जनमानसको आदानप्रदानको विकासमा योगदान पु¥याउने इच्छामा जोड दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved