खुसी राष्ट्रको सूचीमा भारत र पाकिस्तानभन्दा नेपाल अगाडी, फिनल्याण्ड फेरि एक नम्बरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 08:43:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक मन्दी, जकडिएको राजनीति, अनियमितता र भ्रष्ट्राचारको कहाली लाग्दो अवस्थाका बाबजुद पनि नेपाल छिमेकी मुलुक भारत र पाकिस्तानभन्दा बढी खुसी हुनेमा देखिएको छ। बुधबार सार्वजनिक विश्व खुसी सूचकांकमा नेपाल दक्षिण एसियाका अन्य मुलुक भन्दा बढी खुसी हुनेमा देखिएको हो। 

विश्वका १४३ मुलूकमा गरिएको सर्वेक्षणमा नेपाल ९३ औं स्थानमा परेको छ। नेपालपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका लगायत देशहरु छन्। नेपालभन्दा भारत धेरै पछि छ। भारत खुसी राष्ट्रको सूचीमा १२६ औं स्थानमा छ भने पाकिस्तान भारतभन्दा पनि अगाडी छ। पाकिस्तान १०८ औं स्थानमा छ भने श्रीलंका १२८ औं स्थानमा छ। 

फिनल्याण्ड फेरि पनि खुसी मुलुकको सूचीको पहिलो स्थानमा परेको छ। सूचांकको पहिलो नम्बरमा रहेको फिनल्याण्ड लगातार सातौँ बर्ष विश्वको सबैभन बढी खुसी हुने राष्ट्र बनेको हो। ग्यालप अक्सफोर्ड बेलबिंग रिसर्च सेन्टर संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क र सम्पादकीय बोर्डको साझेदारीमा यो प्रतिवेदन तयार गरिएको हो।

खुसीको सुची मापनमा औषत् जीवन समिक्षा, अनुभूति, समाजमा जिउने स्वतन्त्रता, स्वस्थ जीवन, सामाजिक सहयोग, एक अर्कालाई सहयोग गर्ने भावना, आर्थिक अवस्था , भ्रष्ट्राचारबारे विद्यमान सोच लगायतका विषयहरु समेटिएको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved