सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा ४ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले आयोगको रिक्त ४ सदस्यमा नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो ।
जस अनुसार सरकारले योजना आयोगको सदस्यमा काठमाडौँकी डा. संगीता सिंह, जुम्लाका डा. कुशेन्द्र बहादुर महत, पाल्पाका प्राध्यापक शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिईन्।
सत्ता गठबन्धन फेरिएसंगै आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएका थिए । उनीहरुको राजीनामा पछि रिक्त सदस्यमा आज सरकारले नयाँ नियुक्ति गरेको हो ।