सरकारका १६ निर्णयः भूमी आयोग विघटनदेखि मिटरब्याज जाँचबुझ आयोग गठनसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 05:14:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भूमी आयोग विघटनदेखि योजना आयोगमा ४ सदस्यको नियुक्ति सहितका विभिन्न १६ निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको हो ।

यस्तै, बिहिबारकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुसेन्द्रबहादुर महत, प्रा.डा. शिवराज अधिकारी र डा अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको छ । 

सोही बैठकले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्मका लागि चीन भ्रमण गर्न स्वीकृति दिएको छ। 

यस्तै, हिजैको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्‍यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पूर्व एआइजी पुस्कर कार्की र चार्टर्ड अकाउन्टेन्ट सञ्जीव मिश्र सदस्य रहने गरी आयोग गठन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved