लेखक तथा पत्रकार आचार्यलाई चीनमा उत्कृष्ट विदेशी अनुवादक सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 03:48:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेखक तथा पत्रकार चेतनाथ आचार्यले चीनमा उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान प्राप्त गरेका छन् । हाल चीनमा कार्यरत लेखक तथा पत्रकार आचार्यलाई चीनका महत्त्वपूर्ण दस्ताबेजलाई नेपाली भाषामा अनुवाद गरेकोमा चिनियाँ अनुवादक संघले ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ प्रदान गरेको हो ।

चीनको हुनान प्रान्तको सदरमुकाम छाङ्सामा आयोजित समारोहमा आचार्य सम्मानित भएका हुन् । चीनबाट यो सम्मान प्राप्त गर्ने आचार्य पहिलो नेपाली हुन् ।

नेपाली पत्रकारितामा ३ दशक लामो यात्रा गरिसकेका आचार्य विगत ११ वर्षदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् । 

उनका आख्यान र गैरआख्यान गरी ७ वटा कृति प्रकाशित छन् । उको पछिल्लो कृति ‘नयाँ युगमा चीन’ हो ।

आचार्यले चीनमा आफूले देखेका, भोगेका र पढेका विषयलाई ‘बेइजिङ डायरी’ स्तम्भमार्फत नेपाली पाठकलाई जानकारी दिने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved