ई–ड्राइभको सेवा अब लुम्बिनी प्रदेशमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 09:53:36 AM मा प्रकाशित

laxmi  sunrise bank

राइड सेयरिङ सेवा प्रदायक कम्पनी ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । विगत ६ महिनादेखि काठमाडौँ उपत्यकामा सेवा दिइरहेको ई–ड्राइभ नेपालले वैशाख पहिलो सातादेखि लुम्बिनी प्रदेशको भैरहवा र बुटवलमा सेवा विस्तार गर्न लागेको हो । 

ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले राइड सेयरिङ सेवामा नेपाली कम्पनीमार्फत काठमाडौँ उपत्यकामा विद्युतीय ट्याक्सी र मोटरसाइकलमार्फत दिइरहेको सेवा अब लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा विस्तार गर्न लागिएको जानकारी दिए । उनका अनुसार बुटवल र भैरहवामा ई–ड्राइभमार्फत सेवा दिन इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र बीमाका कागजातसहित आवद्धता हुन सक्नेछन् । आवद्ध हुनका लागि कुनै पनि शुल्क लाग्ने छैन । उनले ट्याक्सी र बाइक राइडरले कागजी प्रक्रिया पुरा गरी ई–ड्राइभ नेपालमा आवद्ध हुन सक्ने बताउ । 

मास्केका अनुसार ई–ड्राइभले काठमाडौँ उपत्यकामा अन्य राइड सेयरिङ सेवा प्रदायकले भन्दा फरक तरिका अपनाएर सेवा दिइरहेको छ । उनले आफुहरुले विद्युतबाट चल्ने ट्याक्सीमार्फत सेवा दिइरहेको बताए । मास्केले गत कात्तिक अन्तिम सातादेखि ३५० विद्युतीय ट्याक्सी र ५ हजार बाइक आवद्ध भएर सेवा दिइहेको जानकारी दिए । देशका अन्य शहरहरुमा पनि सेवा विस्तार गर्ने नीति अनुरुप पहिलो सेवा विस्तार भैरहवा र लुम्बिनीबाट गर्न लागिएको उनको भनाइ छ ।

त्यस्तै, ई–ड्राइभ नेपालका लुम्बिनी शाखाका अध्यक्ष राजकुमार गुप्ताले नेपालमा धेरै चलेका विदेशी राइड सेयरिङ एप भए पनि ई–ड्राइभ नेपाल नेपाली इञ्जिनियरले बनाएको एप भएको बताए । उनले विदेशी ब्राण्डलाई भन्दा पनि मेक इन नेपाललाई प्राथमिकता दिन आवश्यक भएकाले ई–ड्राइभ लुम्बिनी प्रदेशमा विस्तार सुरु गरिएको बताए । गुप्ताले नेपाली इञ्जिनियरले बनाएका एपलाई सहयोग पु¥याउने उद्देश्य भएकाले लुम्बिनीमा बिहिबारदेखि निःशुल्क आवदेन खुला गरिएको जानकारी दिए ।

अहिले ई–ड्राइभमा काठमाडौँ उपत्यकामा आफ्नै कम्पनीका २० वटा र बाँकी अन्य नीजि क्षेत्रका विद्युतीय ट्याक्सीले सेवा दिएरहेको छ । ई–ड्राइभको यात्रा सरल र सुलभ रहेको कम्पनीले जनाएको छ । 

ग्राहकको सुरक्षाका लागि नेभिगेसन प्रणाली प्रयोग गरिएको र यसबाट ट्याक्सी कहाँ छ भन्ने सजिलै पत्ता लगाउन पनि सकिने कम्पनीले जनाएको छ ।

यस अघि : इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिने राइड सेयरिङ एप्स ‘ई–ड्राइभ’ सञ्चालनमा

राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’: कम्पनीले नै ट्याक्सी किनेर चालकलाई दिने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved