'पठाओ फूड फेस्ट' चैत २४ गतेदेखि सुरु, केचप किन्दा पिज्जा फ्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 07:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

पठाओ नेपालले यही चैत २४ गतेदेखि पठाओ फूड फेस्ट, २०२४ सुरु गर्ने भएको छ । सन् २०२३ जुनमा पहिलो पठाओ फूड फेस्टको अपार सफलतापछि काठमाडौँबासीलाई त्यही अनुभूति गराउने उद्देश्यले फूड फेस्ट सुरुगर्न लागिएको कम्पनीले जनाएको छ ।


नोस्टाल्जिया मार्केटिङमार्फत ‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ’ भन्ने नाराका साथ फूड फेस्ट आयोजना गर्न कम्पनीको भनाइ छ । फेस्टमा पहिले भन्दा अझ धेरै विभिन्न आकर्षक अफर र छुट उपलब्ध गराइएको कम्पनीका मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।


पठाओ फूड फेस्ट, २०२४ मा पनि पठाओको आफ्नै पुरानो  शैलीमा विभिन्न सोच्नै नसकिने अफरहरु राखिएको छ, जसमा रु १ मा पिज्जा, बर्गर ममः र बिर्यानी लगायत अर्डर गर्न पाइनेछ ।  फ्राइज किन्दा बर्गर फ्रि, केचप किन्दा पिज्जा फ्री लगायतका अफरसँगै अर्डरहरुम ८० प्रतिशतसम्मको छुट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।


साथै ग्राहकले हरेक अर्डरमा हातै खाली नजाने स्क्रयाच कार्ड पनि पाउनेछन् । जसमा ग्राहकले हरेक फेस्टका पार्टनर तथा रेष्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचारहरु जित्न सक्नेछन् । यस पठाओ फूड फेस्ट २०२४ को पार्टनरमा धुलिखेल जिपलाइन, चन्द्रागिरि प्याराग्लाइडिङ र बेलुन नेपाल, गितार सप, इना सेन्टर, यति एयरलाइन्स, सिजी इन्टरनेट, प्याङ्क बाइक, डोल्पो, अल्टिमा, माक्कुसे, मिशिसा, जिभी, ब्लेस, मिनिसो, र्‍याप्सी, न्यू–मिउ, ऊप्स, क्यूबेक्स छन् ।


फूड फेस्टको अवधिमा हरेक साता लक्की ड्रमार्फत साप्ताहिक विजेता घोषणा गरिनेछ । विजेताले फुड फेस्टको पार्टनर कम्पनीबाट विभिन्न आकर्षक उपहारहरु जित्ने मौका प्राप्त गर्नेछन् ।


सो अवधीमा फुड डेलिभरी गर्ने पठाओ हिरोहरु मध्ये १० जनाले एयरबर्ड, डोल्पोको ज्याकेट र ट्राउजरसँगै न्यु मिउको चस्मा पाउनेछन् । त्यस्तै बम्परमा २ जना पठाओ हिरोले आल्मुनियम गेयर साइकल र नगद उपहार समेत प्राप्त गर्नेछन् ।


साथै हरेक साता एक जना भाग्यशाली ग्राहकले ‘मिनिसो ३० सेकेन्ड च्यालेन्ज विथ पठाओ सपिङ’ गर्न पाउनेछन् । यसमा भाग लिन र छनोट हुनका लागि ग्राहकहरुले मिनिसो र पठाओलाई ट्याग गरेर पठाओ फूडफेस्टसम्बन्धी भिडियो बनाउनुपर्नेछ । भिडियो बनाउनेमध्ये एक जना भाग्यशाली ग्राहकले हरेक साता मिनिसोको सिलिभ मल वा राइजिङ मल वा जावालाखेलको आउटलेटमा ३० सेकेन्डका लागि निःशुल्क सपिङको मौका पाउनुहुनेछ ।


त्यस्तै एक जना लक्की बिजेताले फूड फेस्टको अन्तिम साता अप्रिल २०–२६ मा भने ब्लेसको सिभिल मलको आउटलेटमा पनि ३० सेकेन्डका लागि निःशुल्क सपिङ गर्न पाइनेछन्  ।

साथै फेस्ट सकिएपछि बम्पर प्राइजअन्तर्गत एक भाग्यशाली विजेताले आइफोन १५ जित्न सक्ने अवसर छ । साप्ताहिक तथा बम्पर लक्की ड्रका विजेताको घोषण सामाजिक सञ्जालमार्फत गरिनेछ । साप्ताहिक तथा बम्पर विजेता भने अभियानका क्रममा धेरै अर्डर गर्ने ग्राहकबाट चयन गरिने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved