सचिव तोयम रायाको राजीनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 05:17:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायाले पदबाट राजीनामा दिएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजीनामा स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

महालेखापरीक्षकमा सिफारिस भएपछि तोयम रायाले राजीनामा दिएका हुन् । पूर्व अर्थसचिव रहिसकेका राया राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारी (सचिव)को रुपमा कार्यरत थिए।

अब संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनी महालेखापरिक्षक नियुक्त हुने छन् । संसदीय सुनुवाई समितिले उनी विरुद्द उजुरी तथा गुनासो दिन आग्रह गरिसकेको छ।  

महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ।   गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved