चन्द्रागिरिमा ‘कपडा बैंक' शुभारम्भ, राजेश हमालले गरे उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 08:22:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’ को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैङ्क स्थापना गरिएको हो । 

प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैङ्क’ लगेर जम्मा गर्न सकिनेछ । यस्ता सङ्कलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैङ्कले  आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् । 

साथै बैङ्कले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैङ्क’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आज आयोजित कार्यक्रममा  कपडा बैङ्कको उद्घाटन गरे ।

सो अवसरमा नगरप्रमुख गिरीले कपडा बैङ्कलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिदै बैङ्कका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए । चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता खड्गी भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैङ्कलाई अगामी दिनमा सहयोग गरिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले बैङ्कमा पैसामा जम्मा गरेजस्तै कपडा बैङ्कमा पनि कपडा जम्मा गर्न नगरवासीलाई व्यापक जनचेतना जगाउन आवश्यक छ भने । उनले भने, “आफूले जापानमा अध्ययन गरेका समयमा कपडा बैङ्कमार्फत लिएको कोट अहिले प्रयोग गर्दैछु । यस्ता बैकको औचित्य बढ्दो छ ।”

अभिनेता हमालले कपडा बैङ्कका साथसाथमा खाद्यान्न बैङ्क स्थापनाको तयारी गरिएको जानकारी दिनुहुँदै कपडा बैङ्कबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए । ‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा सङ्कलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए । उनका अनुसार बैङ्कले ‘रिसाइकल’ लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको छ भने १६० स्थानीय पालिकासँग सहकार्य गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved