सुन तस्करविरुद्ध बोल्दा मेरो परिवारकै व्यवसायिक अधिकार खोस्ने काम भयोः नरेन्द्र गुप्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 12:34:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रात्न तथा आभुषण संघले वरिष्ठ उपाध्यक्षबाट विधान विपरित कारबाही गरेपछि नरेन्द्र कुमार गुप्ताले तस्करीलाई सहयोग गर्नेहरुले गरेको कारबाहीले कुनै अर्थ नराख्ने बताएका छन् । कारबाहीको खण्डन गर्दै गुप्ताले संस्थाको लोगो दुरुपयोग गरेर कोटाको अनियमितता गर्ने र संस्थाकै आडमा तस्करी गर्नेहरु विरुद्द आवाज उठाउँदा आफूलाई कारबाही गरिएको र व्यवसायिक हक नै खोस्ने कुचेष्टा गरिएको बताएका छन् । 

‘मैले कोटा दुरुपयोग र अनियमितता विरुद्द आवाज उठाउँदा म सञ्चालक रहेको कम्पनीलाई मात्रे नभई मेरो बुबा र छोरा सञ्चालक रहेको फर्मलाई समेत साधारण सदस्यसमेत नरहने गरि निष्काशित गरिएको छ, यो कुनै पनि हालतमा जायज होइन, न्यायसंगत होइन’ गुप्ताले भने, ‘व्यवसाय गरेर खाने हक सबै नेपालीलाई संविधानले दिएको छ, तर संघले म कार्यकारी अधिकृत नभएको फर्मको समेत सदस्यता खोसेर गैर कानुनी निर्णय गरेको छ ।’

उनका अनुसार गुप्ता श्री रिद्धि सिद्धि ज्वेलरी हाउसका सञ्चालक हुन् । तर, संघले यो फर्मसहित श्री रिद्दि सिद्दि ज्वेलर्स प्रा.लि. र भी ब्लु हर्स ज्वेलर्स प्रा.लि.लाई पनि कारबाही गरेको छ । जबकी, रिद्दि सिद्दि ज्वेलर्स प्रा.लि. गुप्ताको बुबाको हो भने भी ब्लु हर्स ज्वेलर्स प्रा.लि.का सञ्चालक गुप्ताका छोरा हुन् । 

‘संघको आवरणमा जिल्लाको कोटा काठमाडौँमा राख्ने र यसको दुरुपयोग गर्नेहरु विरुद्द बोल्दा मेरो परिवारकै व्यवसायिक अधिकार खोस्ने काम भएको छ’ गुप्ताले भने, ‘सुमनमान ताम्राकार र उहाँका केही मान्छेले आफूलाई न्यायलयभन्दा ठूलो ठानेर, अनुसन्धानकारी निकायभन्दा ठूलो ठानेर, प्रधानमन्त्री र राष्ट्रपतिभन्दा पनि माथि ठानेर म र मेरो परिवारमाथि रिसिबी साँधेर जुन निर्णय गर्नुभएको छ, त्यो विधानसम्मत र न्यायसम्मत छैन ।’ 

संघले शुक्रबार निकालेको विज्ञप्तिमा गुप्ताले जथाभावी बोल्दै हिडेको र विधान विपरीतका गतिविधि गरेको भन्दै कारबाही गरिएको जनाएको थियो । यद्यपी, यस सम्बन्धमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले दूबै पक्षलाई छलफलमा बोलाउने तय गरिसकेको थियो । प्रशासनले छलफलमा बोलाउन तय गरिसकेको अवस्थामा संघले गुप्तालाई कारबाही र उनको परिवार संलग्न रहेकै आधारमा उनी सञ्चालक रहेको बाहेकका अन्य २ फर्मलाई समेत साधारण सदस्यबाट हटाएर सुनको कोटा दिन बन्द गरेको विषयले आशंका उब्जाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved