बैंकिङ प्रणालीमा पर्याप्त रकम छ, व्यवसायिक जगतले लाभ लिन सक्नुपर्छ: डा. निलम ढुङ्गाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 01:06:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर डा. निलम ढुङ्गानाले बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेकाले व्यवसायिक जगतले यसको लाभ लिन सक्नुपर्ने बताएकी छिन् । पूर्व बजेट छलफल कार्यक्रममा उनले अहिले बैंकिङ प्रणालीमा तरलता पर्याप्त मात्रै नभई अधिक तरलताकै स्थिति रहेकाले यसबाट व्यवसायिक जगतले लाभ लिन सक्ने बताएकी हुन् । 

साथै, ब्याजदर पनि घट्दो क्रममै रहेकाले लगानी विस्तार होस् र बजारमा माग सिर्जना होस् भन्ने राष्ट्र बैंकको नीति रहेको उनको भनाइ छ ।

‘अहिले पर्याप्त तरलता छ, एक खालको अधिक तरलताकै स्थिति छ, ब्याजदर पनि घट्दो छ’ डेपुटी गर्भनर ढुङ्गानाले भनिन्, ‘यस्तो बेलामा व्यवसायिक जगतलाई लगानी बढाएर लाभ लिन सक्ने अवस्था छ, लगानी बढाउने भनेको निजी क्षेत्रले हो, निजी क्षेत्रको मनोबल बढाउन राष्ट्र बैंकले पनि काम गरिरहेको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved