कतार लगायत विश्वका अधिकांश देशमा बुधबार इद मनाइदै, नेपालमा कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 06:00:12 AM मा प्रकाशित

laxmi  sunrise bank

अरबका अधिकांश देशहरुमा इद पर्व बुधबार हुने घोषणा भएको छ। सोमबार चन्द्रमा नदेखिएकाले बुधवार इद पर्व मनाइने पक्कापक्कि भएको अधिकांश मुस्लिम बाहुल्य राष्ट्रहरुले घोषणा गरेका छन्। 

साउदी अरब, कतार, मोरोक्को जस्ता मुस्लिम बाहुल्य राष्ट्रहरुमा बुधबार इद पर्व मनाइने निश्चित भएसंगै नेपालमा पनि इद पर्व बिहिबार हुने अनुमान गरिएको छ। कतार र साउदीमा इदको पर्व मनाइएको भोलि पल्ट नेपाल तथा छिमेकी देश भारतमा पनि इद मनाइने हुँदा कतार र साउदी लगायतका देशमा इद कहिले मनाइन्छ भन्ने कुरा अर्थपूर्ण रहन्छ। 

आज मंगलबार राति आकाशमा चन्द्रमा देखिए त्यसको भोलि बुधबार यो पर्व मनाइनेछ। तर सुर्यग्रहण लगत्तै चन्द्रमा देख्न सकिने सम्भावना अत्यन्त न्यून भएकाले नेपालमा बिहिबार इद पर्व हुने बढी सम्भावना छ। 

मुस्लिम धर्मावलम्वीहरुको एक महिने ब्रत आज साँझ सकिँदै छ। इद उल फित्र पर्व एक महिनाको ब्रत रोजा सकिएको दिन साँझमा चन्द्रमा देखिएमा भोलिपल्ट इद मनाउने गरिन्छ। इदको नमाज पढ्नु अगाडी नेपाल लगायत बिश्वभरका मुस्लिम समुदायले आफ्नो एक वर्षको आम्दानिबाट तोकिए बमोजीमको निश्चित रकम छुट्याएर त्यसलाई सहयोग तथा दानको रुपमा वितरण गर्छन। 

यसरी छुट्याएर वितरण गरिने रकमलाई अरेबिकमा 'जकात' दिने भनिन्छ। जकात बापतको यस्तो रकम आफ्नो परिवारको सबैभन्दा कम्जोर आर्थिक अवस्था भएकोलाई, त्यो नभए छिमेकमा सबै भन्दा बढी कम्जोर आर्थिक अवस्था भएकोलाई र एवम रितले वितरण गर्नुपर्ने इस्लामिक कानुन छ। 

इदमा आफ्नो हिस्साको जकातको पैसा छुट्याएपछि मुस्लिम समुदायहरु आफ्नो घर नजिकैको इदगाह (खुला मैदान) मा सामुहिक रुपमा नमाज पढ्ने गर्छन । र एक आपसमा शुभकामना आदानप्रदान गर्दै मिठा परिकार खाएर इदको खुसियाली मनाउने गर्छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved