आज संसद बैठक बस्दै, घम्साघम्सीको अवस्था आउने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 09:25:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।  

आजको बैठकमा घम्साघम्सीको अवस्था आउने संकेत देखिएको छ । संसद सचिवालयले आजको बैठकमा  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित प्रस्ताव पनि कार्यसूचीमा राखेको छ ।

आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यद्यपि गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने बताउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उनलाई रोष्टममा जान नदिने अडानमा छ । लामिछाने सहकारी प्रकरणमा मुछिएकोले उनी माथि संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान छ  । यद्यपि सरकार भने छानबिन समिति बनाउने पक्षमा छैन  । यस्तो अवस्थामा कांग्रेसले संसद अवरोध गर्ने, मन्त्री लामिछानेलाई रोष्ट्रममा जान नदिने, गए पनि बेल घेराउ गर्न सक्ने भएकोले आज संसदमा घम्साघम्सीको अवस्था आउने संकेत देखिएको हो। 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved