कांग्रेसले कसैलाई बोल्न नदिएपछि १५ मिनेटको लागि संसद बैठक स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 01:20:22 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सम्सद बैठक १५ मिनेटको लागि स्थगित भएको छ। आजको प्रतिनिधिसभा बैठक सुरु हुना साथ कांग्रेसले आफ्नो धारणा राखेर गृह मन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएकोले उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग राखेको थियो 

कांग्रेसको तर्फबाट सांसद सुशिला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखेकी थिईन् । उनले नेपाली कांग्रेसको संसदीय दलको निर्णय सुनाउदै सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै छानबिन समिति नबनेसम्म कुनै पनि कामकारबाही अष्गाडि बढाउँन नदिने उल्लेख गरिन्।

त्यस पछि सभामुखले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए । तर कांग्रेसका सांसदहरुले उठेर टेबुल ठोक्दै विरोध गरेपछि सांसद झाले बोल्न पाएनन् । सत्तापक्षका अन्य सांसदहरु पनि उठेर आफ्नो भनाई राख्न खोज्दा कांग्रेसको अवरोधले कसैले पनि भनाई राख्न पाएनन् ।

सभामुखले बारम्बार बस्न आग्रह गरेपनि कांग्रेस सांसदले नमानेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved