नेक्सजेन म्यानेजमेन्टले वैशाखमा युवा नव प्रवर्द्धकहरूको भेला गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 04:53:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नेक्सजेनले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

वर्षेनि दशौं लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा देशमै सानो पूँजीमा गर्न सकिने थुप्रै कामहरू रहेको नेक्सजेनको भनाई छ । नेक्सजेनछका अनुसार सरकारी निकायको झै झमेला तथा बैंक बित्तिय संस्थाबाट सहि सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन ।

त्यसैले सिप, जाँगर र चाहना हुँदा हुँदै पनि वाध्य भएर युवाहरूको रोजाई विदेश हुन गइरहेको छ ।

यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उध्योग ब्यवशाय गर्ने वातावरण बनाउने गरि नेक्सजेनले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जानाएको छ।

भेलामा युवाहरूको ब्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा संभाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासंग समन्वय गर्ने काम गरिने जनाईएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पती ब्यवस्थापन र ब्यवसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र कम्पनीले सेवा प्रारम्भ गरेको हो ।

बैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उद्यमीसँग छलफल गरि उनिहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved