इदको अवसरमा बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 01:16:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले भोलि बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्र (ईद) भोलि बिहिबार परेको हुनाले भोलिको लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको नेपाल सरकार गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले आज एक बिज्ञप्ती जारी गर्दै मुस्लिम समुदायको इद पर्वको अवसरमा नेपालमा चैत २९ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको हो। 

मुस्लिम धर्मावलम्वीहरुको एक महिने ब्रत आज साँझ सकिँदै छ। इद उल फित्र पर्व एक महिनाको ब्रत रोजा सकिएको दिन साँझमा चन्द्रमा देखिएमा भोलिपल्ट इद मनाउने गरिन्छ। इदको नमाज पढ्नु अगाडी नेपाल लगायत बिश्वभरका मुस्लिम समुदायले आफ्नो एक वर्षको आम्दानिबाट तोकिए बमोजीमको निश्चित रकम छुट्याएर त्यसलाई सहयोग तथा दानको रुपमा वितरण गर्छन्। 

यसरी छुट्याएर वितरण गरिने रकमलाई अरेबिकमा 'जकात' दिने भनिन्छ। जकात बापतको यस्तो रकम आफ्नो परिवारको सबैभन्दा कम्जोर आर्थिक अवस्था भएकोलाई, त्यो नभए छिमेकमा सबै भन्दा बढी कम्जोर आर्थिक अवस्था भएकोलाई र एवम रितले वितरण गर्नुपर्ने इस्लामिक कानुन छ। 

इदमा आफ्नो हिस्साको जकातको पैसा छुट्याएपछि मुस्लिम समुदायहरु आफ्नो घर नजिकैको इदगाह (खुला मैदान) मा सामुहिक रुपमा नमाज पढ्ने गर्छन । र एक आपसमा शुभकामना आदानप्रदान गर्दै मिठा परिकार खाएर इदको खुसियाली मनाउने गर्छन्। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved