राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 03:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरले राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो । कांग्रेसकी पुडासैनीले जम्मा १६ मत पाइन् । 

नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि उक्त पद खाली थियो । 

सत्ता गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले पाउने सहमतिअनुसार नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष बनिसकेका छन् । 

राष्ट्रिय सभाको बैठक शुक्रबारसम्‍म स्थगित गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved