४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 07:15:03 PM मा प्रकाशित

laxmi sunrise bank

श्रीलङ्काली सरकारले सन्  २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । 

त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताए।  

उनले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताए ।  श्रीलङ्कामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको उनले बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved