भाटभटेनीबाट सेन्चुरीको सामान खरिद गर्दा गणेशले जिते २४ लाखको सुजुकी कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 05:52:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी स्पाइसी एण्ड स्न्याक्सले संचालन गरेको लक्की ड्र अफरको विजेता घोषणा भएको छ। कम्पनीले आज नक्सालको भाटभटेनीमा कार्यक्रम गरेर विजेताको घोषणा गरेको हो । जसमा बालाजुका गणेश हुमागाईले सुजुकी अल्टो के-टेन कार जितेका छन्। भाटभटेनीका अध्यक्ष मीन बहादुर गुरुङले टोकन तान्दा गणेश हुमागाई विजयी भएका हुन् । उक्त कारको मूल्य २४ लाख ४९ हजार रहेको छ । हुमागाईले बालाजुको भाटभटेनीको ब्रान्चबाट सेन्चुरीका सामाग्री खरिद गरेका थिए । 

साथै, सेन्चुरीले कार सँगै ४० जनालाई ४० वटा बम्पर पुरस्कार पनि दिएको छ । कार्यक्रममा उपस्थितहरुलाई प्रश्न सोधेर सहि उत्तर दिनेलाइ गिफ्ट ह्याम्पर दिएको कम्पनीले जनाएको छ । 

सेन्चुरीले दशैँ देखि नयाँ वर्ष २०८१ सम्म ६ महिनाका लागि उक्त अफर ल्याएको थियो। भाटभटेनीको जुनसुकै ब्रान्चबाट ५ सय भन्दा बढीको सेन्चुरीको सामान खरिद गरेका उपभोक्ताहरु यस लक्की ड्र अफरमा सहभागी हुन सक्ने व्यवस्था कम्पनीले गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved