चिनियाँ अभिनेत्रीलाई मन्त्री भट्टराईले भने, ‘मावलीमा स्वागत छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2019 | 03:04:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षको सद्भावना दूत नियुक्त गरिएको छ । चर्चित चिनिया अभिनेत्री सी छिङलाई नेपाल भ्रमण वर्ष २०२० सचिवालयले सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सद्भावना दूत नियूक्त भएकी छिङलाई भने, ‘तपाईलाई मावलीमा स्वागत छ ।’ यो सुनेर छिङ निकै हाँसिन ।

मन्त्री भट्टराईको उक्त भनाईको उत्तर दिँदै छिङले भनिन्, ‘बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु ।’ नेपाली चेली भृकुटीले चिनिया नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग झिक्दै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको सम्बोधन गरेका छन् । 

सरकारले सन् २०२० मा भ्रमण वर्ष मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved