भ्रमण वर्षमा भिडियो बनाउने प्रतियोगिता, विजेतालाई ५ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2019 | 09:36:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी पर्यटकलाई आकर्षण गर्न ‘वि विल राईज’ फाउण्डेशनले ‘भिडियो च्यालेञ्ज २०२०’ प्रतियोगिता आयोजना गर्ने भएको छ । देशका ओझेलमा रहेका पर्यटकीयस्थललाई उजागर गर्ने प्रयास स्वरुप फाउण्डेशनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भन्ने अभियानअन्तर्गत भिडियो च्यालेञ्ज प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपाल भ्रमण वर्ष सचिवालयमा आयोजित कार्यक्रममा दोस्रो चरणको भिडियो च्यालेञ्ज प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिइयो । फाउन्डेशनका कार्यक्रम संयोजक प्रभात रिमालका अनुसार प्रतियोगितामा सहभागिता जनाउन डिसेम्बर १ देखि भिडियो पठाउन सकिनेछ । सहभागीले महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, स्थानीय वेषभूषा, जातजातिको पहिचान, खानपान, कला संस्कृतिलगायतका विषयवस्तुलाई समेटेर पाँच मिनेटको भिडियो बनाउनुपर्नेछ ।

यसमा विभिन्न १० विधामा दिइने अवार्डका लागि ७० वटा भिडियो मनोनयन गरिनेछ । मनोनयमा परेकामध्ये उत्कृष्ट १० भिडियोलाई आगामी अप्रिल महिनामा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने जनाएको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच लाख, दोस्रोलाई तीन लाख, तेस्रोलाई दुई लाख र बाँकी सात विधामा एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । कार्यक्रममा भ्रमण वष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको सन्दर्भमा देशभरका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार भई पर्यटक आकर्षण गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए । उनले भ्रमण वर्षलाई देशको साझा अभियानको रुपमा मनाउन सबै क्षेत्रले आआफ्नो स्थानबाट सक्रिय योगदान गर्न जरुरी भएको उल्लेख गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved