अमेरिकाको लस भेगासमा भएको गोलाबारीमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । ५ सय २७ जना घाइते भएका छन् । लस भेगासको एक होटलमा भइरहेको संगीत महोत्सवमा ६४ वर्षका स्टेफेन पेडकले गोलि चलाएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले सयौँ राउण्ड गोलि प्रहार गरेका थिए । घटनापछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको र केहि हवाइ उडानहरुको गन्तव्य परिवर्तन गरिएको छ ।