उत्तर कोरियाबारे ट्रंप र समकक्षी सि जिनपिङसँग छलफल, अरबौं डलरको सम्झौतामा हस्ताक्षर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 10:21:35 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङसँग उत्तर कोरियाबारे छलफल गरेको बताएका छन्। सि जिनपिङ र आफूले समाधान सम्भव भएको विश्वास गरेको राष्ट्रपति ट्रम्पले बताए। उनी द ग्रेट हल अफ द पीपलमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेपछि बोल्दै थिए। उनले अमेरिका र चीनबीचको व्यापार दुवै देशका लागि सन्तुलित बनाउने बताए।

उनले अघिल्ला अमेरिकी प्रशासनले व्यापारमा चिनियाँ हात माथि पर्न दिएको भन्दै आलोचना गरे। छुट्टै समारोहमा दुई नेताहरु अरबौं डलरको रणनीतिक औद्योगिक सहकार्यको दस्ताबेजमा हस्ताक्षरको साक्षी बनेका थिए। राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्मानमा राजकीय रात्रीभोज आयोजना गर्दैछन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved