ताइवानसँगको सैन्ध सम्बन्ध रोक्न अमेरिकालाई चीनको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 11:23:37 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चेतावनी दिएको छ । चीनको रक्षा मन्त्रालयले अमेरिकालाई ताइवानमा हतियार बेच्ने योजना फिर्ता गर्न अमेरिकालाई चेतावनी दिएको हो । 

चीनको रक्षा मन्त्रालयका प्रवक्ता रन क्वोछ्याङले अमेरिकालाई भने, ‘ताइवानलाई हतियार बेच्ने योजना तुरून्त फिर्ता लिन र ताइवानसँगको सैन्य सम्बन्ध रोक्न अमेरिकालाई अनुरोध गर्दछौं ।’ अमेरिकाले ८ बिलियन अमेरिकी डलर मूल्यका लडाकु जहाज ताइवानलाईै बेच्ने निर्णय गरेको थियो । 

लगत्तै चीनले दक्षिण चीन सागरका समुद्री तथा हवाई क्षेत्रमा अनाधिकृत रूपमा प्रवेश गरेर उत्तेजना फैलाउन खोजेको आरोप लगाएको छ । ‘ताइवानलाई हतियार बेच्ने कम्पनीमाथि हामीले दुई पटक प्रतिवन्ध लगाइसकेका छौँ, चीनलाई विभाजित गर्ने कुनै पनि प्रयास सफल हुनेछैन’ चीनले भनेको छ,‘चिनियाँ सेनाको शक्तिलाई कम आँक्नु खतरनाक हुनेछ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved