आज मंगलबार चीनमा राष्ट्रिय दिवस मनाईदैछ । चीनमा कम्युनिष्ट शासन सुरु भएको ७० वर्ष पुगेको अवसरमा भव्य रुपमा वार्षिकोत्सव समारोहको आयोजना भएको हो । चीन प्रशासित हङकङकी कार्यकारी प्रमुख क्यारी लाम २ सयभन्दा बढी प्रतिनिधिको नेतृत्व गर्दै चीनको वार्षिकोत्सव समारोहमा भाग लिन पुगेकी छिन् ।
तर चीनले ७० औं वार्षिकोत्सव मनाइरहँदा हङकङका नागरिकले भने विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले चिनियाँ राष्ट्रिय दिवसलाई राष्ट्रिय शोकको रुपमा व्याख्या गरेका छन् ।