शुक्रवार साँझ हिन्दुकुश क्षेत्रमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्पको तिब्रता ६.१ म्याग्नेच्युड मापन गरेको छ। भूकम्पको शक्तिशाली धक्का भारत, पाकिस्तान र अफ्गानिस्तानका विभिन्न क्षेत्रमा महशुस गरिएको थियो। भारत र पाकिस्तानका भौगर्भिक निकायहरूले भूकम्पको तिब्रता ६.८ म्याग्नेच्युड सम्म मापन गरेका छन्।
सो भूकम्पको गहिराइ २१० किलोमिटर मापन गरिएको छ। भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानमा भएको बताइएको छ। रोयर्टस समाचार संस्थाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पाकिस्तान, अफगानिस्तान र भारतका उत्तरी भागमा भवनहरू हल्लिएका उल्लेख गरेको छ। दिल्ली र आसपासका क्षेत्र एवं पञ्जाबमा पनि भूकम्पको धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ।