इमरान खानले भने, ‘भारत‍ले हमला गरे पाकिस्तानले जवाफ फर्काउँछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 10:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले आफ्नो देशमा भइरहेको विरोध प्रदर्शनलाई मन्थर गर्न पाकिस्तानमाथि सैन्य कारबाही गर्न सक्ने बताएका छन् । खानले ट्वीट गर्दै भारतमा विरोध प्रदर्शन बढिरहँदा पाकिस्तानमाथि पनि खतरा बढेको भन्दै भारतीय सेना प्रमुखको भनाइले त्यसलाई पुष्टि गरेको बताए ।

जनरल विपिन रावतले गएको बुधवार कश्मिरको भारत–पाकिस्तान सीमाको अवस्था कुनैपनि बेला फेरिन सक्ने बताउँदै त्यस्तो अवस्थाका लागि भारतीय सेना तयार भएको बताएका थिए । 

त्यसको उत्तरमा खानले लेखेका छन्, ‘भारतीय सेनाले कश्मिमलाई कैद गरेको छ र जब त्यो प्रतिबन्ध हटाइन्छ तब रक्तपात हुने आशङ्का छ । भारतमा बढिरहेको विरोध प्रदर्शनले पाकिस्तानमाथि खतरा बढेको छ र भारतीय सेना प्रमुखको भनाइले त्यो चिन्तालाई पुष्टि गर्छ ।’ खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले भारतलाई हिन्दू राष्ट्र बनाउन चाहेको आरोप लगाएका छन् ।

उनले भारतले हिन्दू राष्ट्रवादको भावना बहकाएर आन्तरिक विरोधलाई मन्थर गर्न कुनै कारबाही गरेमा पाकिस्तानका सामु त्यसको जवाफ दिनुभन्दा अरू विकल्प नरहने बताएका छन् ।

यस्तो छ खानको ट्वीटः



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved