अमेरिकी आक्रमणमा इरानी सैन्य कमान्डरको मृत्युपछि ह्वात्तै बढ्यो तेलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 01:58:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी हवाई हमलामा इरानका सैन्य कमाण्डर तथा इराकका सेनाको मृत्यु भएपछि तेलको मुल्य ४ प्रतिशतले बढेको छ। सैन्य फोर्सका प्रमुख जनरल कासिम सोलेमानीको मृत्युको बदला लिन इरानले अमेरिका तथा उसका मोर्चामा रहेका देशमा आक्रमण गर्न सक्ने सम्भावना रहेकाले तेलको मुल्य बढेको र भविष्यमा थप बढ्न सक्ने अनुमान गरिएको छ। 

शुक्रबार मात्रै ब्रेन्ट क्रूड फ्यूचर लगभग प्रति ब्यारेल ३ डलरले महङ्गो भएर ६९।१६ अमेरिकी डलर पुगेको छ। जुन सेप्टेम्बर १७ यताकै महँगो भएको अलजजिराले जनाएको छ। 

इरानले आफ्नो सेना प्रमुखको मृत्युको बदला लिन अमेरिका तथा उसका मोर्चाका मिडल इष्टका अन्य देशमा आक्रमण गर्न सक्ने भयले देशको मुल्य बढेको विश्लेषण गरिएको छ। 

इरानका सैन्य कमान्डर सोलेमानीलाई इराकको राजधानीस्थित बग्दाद इन्टरनेशन एयरपोर्टमा हवाई हमला गरि मारेको अमेरिकी दावी छ। सोलेमानीलाई इरानका सर्वाेच्च नेता आयोतुल्लाह खामेनीको विश्वास पात्रको रुपमा लिईन्छ। अमेरिकाले सोलेमानीसँगै हिजबुल्लाहका कमाण्डर अबु महदी अल मुहांदिस पनि मारिएको दावी गरेको छ।

इरानका सर्वाेच्च नेता आयोतुल्लाह खामेनीले सैन्य कमान्डर कासिम सोमेलानीको मृत्युको बदला लिने घोषणा गरिसकेका छन भने इरानका विदेश  मन्त्री मोहम्मद जाबेद जारिफले घटनाको भ्रत्सना गर्दै यसको जिम्मेवारी अमेरिकाले भोग्नुपर्ने बताएका छन। उनले यस घटनाको बिरुद्द अमेरिका, इजरायलमाथि युद्द गर्ने चेतावनी दिएका छन।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved