इरानले अमेरिकाको एक सरकारी वेबसाईट ह्याक गरेको छ । जनरल सुलेमानीको हत्यापछि आक्रोशित बनेका इरानीले अमेरिकाको सरकारी वेबसाईट ह्याक गरी राष्ट्रपति ट्रम्पमाथि आक्रमण गरेको र उनको मुखबाट रगत बगिरहेको तस्बिर सार्वजनिक गरेका छन् ।
अमेरिकाको फेडेरल डिपोजिटरी लाईब्रेरीको एफडीएलपी डट जिओभी नामक वेबसाईट ह्याक भएको हो । उनीहरुले लेखेको सन्देशमा यो ईरानको साईबर क्षमताको सानो अंश मात्रै भएको र यसको लागि आफूहरु सधैंँ तयार रहेको दाबी गरेका छन् । तस्बिरमा ट्रम्पको गालामा इरानी सुरक्षा गार्डले मुक्का हानेको र उनको मुखबाट रगत चुहिएको देखाईएको छ । तस्बिरमा दुई वटा क्षेप्यास्त्र प्रहार भईरहेको पनि देखाईएको छ ।
सन् २०१३ मा पनि इरानी ह्याकरले अमेरिकी साईट ह्याक गरेका थिए ।