मस्जिदमा रातो झण्डा फहराएर इरानले गर्‍यो युद्धको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 10:54:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी एयर स्ट्राइकमा आफ्ना कमाण्डर मारिएपछि इरानले युद्धको घोषणा गरेको छ । शनिबार इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि अलर्ट जारी गरेको एक्सप्रेस डटको डट युकेले उल्लेख गरेको छ । यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देशका रुपमा लिइन्छ । इरानले यसरी मस्जिदमा यसअघि कहिल्यै रातो झण्डा फहराएको थिएन ।

उक्त मस्जिदको डोममा सधैं धार्मिक झण्डा फहराइन्थ्यो । तर अहिले धार्मिक झण्डा हटाएर रातो झण्डा फराइएको छ । इरानले आफ्ना देशबासीलाई अहिलेसम्म नभोगेको स्थिती सामना गर्न तयारी अवस्थामा रहन भन्दै सांकेतिक रुपमा झण्डा फहराएको बताईएको छ । यसअघि इरान र इराकको युद्ध हुँदा पनि यसरी रातो झण्डा फहराइएको थिएन । रातो झण्डा रगत र शहादतको प्रतीक मानिन्छ । जामकारन मस्जिद इरानको सबैभन्दा पवित्र मस्जिद मानिन्छ । 

अमेरिकाले इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेलगत्तै इरानले सुलेमानीको हत्याको बदला लिने घोषणा गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved