इरानका ५२ स्थानमा आक्रमण गर्ने अमेरिकाको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 01:05:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि तेहरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि फेरि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन्। इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको बग्दादमा शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएपछि ट्रम्पको त्यस्तो भनाइ आएको हो।

इरानले सुलेमानीको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ। शनिवार बग्दादमा सुलेमानीको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए। त्यसको केही बेरपछि शवयात्रा गरिएको क्षेत्रमा केही विस्फोटहरू भएका थिए। बग्दादस्थित ग्रीन जोनमा अमेरिकी दूतावासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो। अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो। तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन्। ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ।

ट्रम्पले अमेरिकी पक्षमाथि आक्रमण भए अमेरिकाले "इरानका ५२ वटा स्थानलाई निसाना बनाउने" र त्यो "धेरै छिटो र धेरै कडा" हुने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन्। सुलेमानी इरानको मध्यपूर्व मामिलाका मुख्य शिल्पी थिए। इरानले उनको हत्याको 'कडा बदला' लिने प्रतिज्ञा गरेको थियो। इरानले 'केही अमेरिकी ठाउँलाई निसाना बनाउने कुरा चर्को रूपमा गरेको' भन्दै ट्रम्पले अमेरिकालाई इरानी धम्की मन नपरेको सङ्केत गर्दै कडा प्रतिक्रिया व्यक्त गरेका हुन्। "अमेरिकालाई थप धम्की चाहिँदैन," उनले लेखे।

उनका अनुसार अमेरिकाले पहिचान गरेका इरानका ५२ ठाउँमध्ये केही इरान र इरानी संस्कृतिका लागि महत्त्वपूर्ण ‍छन्। सन् १९७९ मा इरानस्थित अमेरिकी दूतावासबाट ५२ अमेरिकी नागरिकलाई बन्दी बनाइएको प्रसङ्ग उल्लेख गर्दै ट्रम्पले अहिले अमेरिकी निसानामा रहेका इरानका ५२ स्थानले तिनको प्रतिनिधित्व गर्ने बताए।

यो पनि : 

मस्जिदमा रातो झण्डा फहराएर इरानले गर्‍यो युद्धको घोषणा

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved