इरान अमेरिका तनाव: नेपाली सेनालाई सतर्क बस्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 09:13:48 AM मा प्रकाशित

laxmi  sunrise bank

इरान अमेरिका टकराव बढेपछि इराकमा रहेका नेपाली शान्ति सेनालाई सतर्क बस्न आग्रह गरिएको छ इरानले क्षेप्यास्त्र आक्रमण गरेको इराकको एरबिल शहरमा रहेका नेपाली शान्ति सेनालाई सतर्क र सम्पर्कमा रहन सेनाले निर्देशन दिएको हो।

सेनाले उनीहरुलाई सेनाको मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयको सम्पर्कमा रहिरहन निर्देशन दिएको हो । इराकमा कुल ७७ नेपाली शान्ति सैनिकका रुपमा कार्यरत छन्।

नेपाली शान्ति सेनाले इराकको एरबिल विमानस्थलको बाहिरी क्षेत्रमा सुरक्षा दिने काम गर्दै आएकाे छ। इरानी सैनिक कमाण्डर कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरानले इराकका अमेरिकी सैन्य इलाका एरबिल र अल–असद (पश्चिम बगदाद)लाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरेको थियो।

हालसम्म नेपाली शान्ति सेनालाई कुनै क्षति नभएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले  बताएका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved