रसियाले संक्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान मोबाइलबाटै गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 06:49:17 PM मा प्रकाशित

laxmi  sunrise bank

रसियाका प्रधानमन्त्री मिखाली मिसहुस्टिनले मोबाइल नम्बरको प्रयोगबाट भाइरस संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान हुने सिस्टम बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले व्यक्तिहरुको मोबाइल फोनको जियोलोकेशन डाटा प्रयोग गरेर भाइरस संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान हुने सिस्टम बनाउन निर्देशन दिएका हुन्।

उनले ५ दिन भित्र यस्तो सिस्टम तयार पारी सक्न निर्देशन दिएको अल जजिराले जनाएको छ । नयाँ बन्ने सिस्टम कार्यन्वयनमा आएपछि संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका सबैको मोबाइलमा अलर्ट म्यासेज जाने छ ।   

रसियामा हालसम्म ४३८ जनामा भाइरसको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved