भारतमा कृषिका लागि १६ खर्बको प्याकेज घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 09:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले कृषि क्षेत्रको संरचना निर्माणका लागि १० खर्ब भारतीय रुपैयाँ अर्थात १६ खर्ब नेपाली रुपैयाँ बराबरको प्याकेज घोषणा गरेकी छिन् । 

उनले त्यो सवै रकम रहने गरी एउटा कोष तत्कालै स्थापना गरिने जानकारी शुक्रबार दिइन् । वित्त मन्त्री सितारमणले कृषिको विकास र कृषकलाई सहयोगका लागि त्यो रकम खर्च गरिने पनि बताइन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको विश्व्यापी पहुँचसँगै स्थानीयका लागि आवाज भन्ने मान्यताका आधारमा यो कोषको स्थापना गर्न लागिएको उनले जानकारी दिईन् ।

कृषि उत्पादनहरुको बजारीकरण, विज्ञापन, प्रचारप्रसार, आधारभूत मापदण्डको परिपालना, नयाँ प्रविधिहरुको प्रयोग लगायतका कामका लागि यो कोषको रकम खर्च गरिने भएको छ । सरकारको यस कदमले कृषि क्षेत्रमा रहेको अव्यवस्था, अपारदर्शिता, निर्वाहमुखी प्रवृत्तिको अन्त्य हुने अपेक्षा गरिएको उनले बताइन् ।

साना कृषि व्यावसायी, सुक्ष्म कृषि प्रणाली, कृषि उत्पादनका संरचना, आफैले आफैलाई सहयोग गर्ने समूह, सहकारीहरुलगायतलाई पनि यसबाट सहयोग गरिने सरकारले जनाएको छ ।  

यस कार्यक्रमले कृषि उत्पादन तथा सेवाको गुणस्तरमा बृद्धि हुने, मापदण्डहरु पालना हुने, विचौलियाहरुको हस्तक्षेपकारी भूमिक अन्त्य हुने लगायतका अपेक्षा पनि राखिएको मन्त्री सितारमणको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved