भारतमा कोरोना संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2020 | 12:03:40 PM मा प्रकाशित

laxmi  sunrise bank

गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या २ हजार ७५२ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३० हजार १५२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५३ हजार ३५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।  

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र २९ हजार १०० नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् ।  भारतमा कोरोना भाइरस संक्रमणका ४० प्रतिशत महाराष्ट्रका नागरिक रहेका छन् । महाराष्ट्रमा ६ हजार ५६४ व्यक्ति  निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ । 

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ १० हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्  । गुजरातमा ९ हजार ९३१ संक्रमति रहेका छन् ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ९३१ पुगेको छ । 

 संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved