भारतमा एकै दिनमा ५ हजार कोरोना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 01:11:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा विगत २४ घण्टाको अवधिमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । । यससंगै  आइतबार बिहानसम्म कोरोना भाइरस संक्रमितको संख्या ९० हजार नाघेको छ । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् । 

विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । 

भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९८८ जना र १० हजार ५८५ जना कोरोना संक्रमित भेटिएका छन् । 

भारतीय राजधानी नयाँदिल्लीमा भने ९ हजार ३३३ जनामा कोरोना पुष्टि भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved