भारतमा पुन: २ हप्ता लकडाउन थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 05:40:52 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा लकडाउन अवधि २ हप्ता थप भएको छ । भारतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि २ हप्ता लकडाउन लम्ब्याएको हो । 

आगामी १७ मेसम्म कायम यसअघि घोषित लकडाउन अब ३१ मेस अर्थात जेठ १८ सम्म कायम रहने छ ।  यो भारतले चौथो चरणमा लकडाउन हो।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए । लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा सार्वजनिक हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९० हजार नाघेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ । भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved