कोरोना भ्याक्सिनको आशा बढ्यो, अमेरिकन कम्पनीले गर्यो मानव परिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 06:17:21 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारीबाट पुरा विश्व प्रभावित छ। यस्तो अवस्थामा कयौं देश महामारी बिरुद्ध लड्न भ्याक्सिनको खोजमा जुटेका छन्। विश्वभरका ल्याबहरुमा बैज्ञानिकहरु दिन रात एक गरेर भ्याक्सिन बनाउन लागि परेका छन्। यहि बीच अमेरिकाको औषधि कम्पनी मार्डना ले कोरोना भ्याक्सिन बनाउने आशा बढाएको छ। 

कम्पनीले भ्याक्सिन बनाउने प्रकृयामा एक महत्त्वपूर्ण चरण पार गरिसकेको छ। कम्पनीले भ्याक्सिनलाई मानव परिक्षण थालिसकेको छ र मानव परिक्षणको नतिजा पनि धेरै उपलब्धिमुलक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। कम्पनीले मानव परिक्षणको सुरुवाती नतिजा सकारात्मक आएपछि जुलाईमा भ्याक्सिन परिक्षणको तेस्रो चरण सुरु गर्नेछ। 

समाचारमा भनीएअनुसार तेस्रो चरण सफल रहेको अवस्थामा कोरोंना बिरुद्धको भ्याक्सिन बनाउनलाई लाइसेन्सको लागि मार्डना कम्पनीले आबेदन दिन सक्नेछ।  यो यस्तो कम्पनी हो जसले आरएनए आधारित भ्याक्सिनलाई मान्छेमा परिक्षण गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले पनि यो बर्षको अन्तिममा कोरोनाको भ्याक्सिन आउँन सक्ने बताउदै आएका छन्। 

कम्पनीले अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड एनफेक्सीयस डिजिज को नेतृत्वमा पहिलो चरणको अध्ययनबाट आफ्नो भ्याक्सिनलाई मानव परिक्षणमा सकारात्मक नतिजाको तथ्यांक समेत घोषणा गरेको थियो। 

फर्मा कम्पनीले भ्याक्सिनको असर पहिलो चरणको परिक्षणमा सुरक्षित र सफल रहेको दाबी गरेको छ। पहिलो चरणमा क्लिनिकल परिक्षणमा भाग लिएका हरेकलाई २५ १०० र २५० माइक्रोग्राम को खुराइ दिईएको थियो। प्रत्येक खुराम समुहमा मानिसहरुलाई राखिएको थियो। अन्तिम परिणामबाट एन्टीबडी समान स्तरमा थियो। यो नतिजा ति मानिसहरुको रगतमा देखिएको हो जो कोरोनाबाट संक्रमित थिए।

मार्डना कम्पनीका मुख्य कार्यकारी अधिकृत इस्टिफन बैन्सेलले आजको पहिलो चरण सकारात्मक तथ्यांकको साथ आफ्नो टिम जुलाईमा तेस्रो चरणको अध्ययन सुरु गर्नलाइ जति सक्दो सम्भव भएसम्म तिब्र रुपमा लागेको बताए। यो चरण सफल हुनेबित्तिकै लाइसेन्सको लागि आबेदन दिने उनले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved