२१ बर्षपछि भारतमा सुपर साइक्‍लोन ! नेपालमा पनि प्रभाव पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 05:10:24 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको पूर्वी राज्यमा यदिबेला चक्रवाती आँधी 'अम्फान' को खतरा बढेको छ। यो चक्रवाती आँधी एक सुपर साइक्लोन समेत भएकाले खतरा झनै बढेको त्यहाँका संचारमाध्यमले जनाएका छन्। 

भारतीय मौसम बिभाग आइएमडी ले आँधीको उच्चतम तिब्रता २२० देखि २४० अधिकतम २६५ किलोमिटर प्रति घण्टासम्म हुन् सक्ने बताएको छ। बिभागकाअनुसार  हावाको गतिको तिब्रता २२० किलोमिटर प्रति घण्टा हुन् सक्नेछ। हावाको गति २२० किलोमिटर प्रति घण्टा या यो भन्दा धेरै भएपछि यसलाई सुपर साइक्लोन भन्ने गरिन्छ। अनुमान गरीएअनुसार आँधीको तिब्रता पश्चिम बङ्गाल र बंगलादेशको हातिया द्रिपको तटमा पुग्दा हावाको तिब्रतामा कमी आउनेछ। 

यस प्रकारको सुपर साइक्लोन भारतमा आज भन्दा करिब २१ बर्ष अगाडी सन् १९९१ मा आएको थियो। जसमा १० हजार ले ज्यान गुमाएका थिए। त्यो बेला भारतले राष्ट्रिय आपत घोषणा गरेको थियो।

त्यो भन्दा पनि अगाडी ३ नोभेम्बर १९७० मा पूर्वी पाकिस्तान अहिले बंगलादेश र पश्चिम बङ्गालमा भोला नाम दिईएको चक्रवाती  सुपर साइक्लोन  आएको थियो।  जसमा अहिलेसम्मकै बढी मानिसहरुले ज्यान गुमाएका थिए भने ठुलो भौतिक क्षति समेत भएको थियो। त्यो बेला करिब ५ लाख मानिसको मृत्यु भएको थियो। त्यो बेला हावाको तिब्रता २४० किलोमिटर प्रति घन्टा भएको बताइएको छ। 

ओडिसा सरकारलाई दोहोरो मार 

ओडिसा सरकारले तटको नजिक कच्ची घरमा बस्नेहरुलाई मंगलबार बिहान सुरक्षित स्थानमा लैजाने भएको छ। ओडिसा तटमा निर्माण करिब ६०० साइक्लोन केन्द्रको साथै करिब  ६०० पक्कि घर तयार तयार अवस्थामा राखिएका छन्। ओडिसा पहीले देखिने कोरोना प्रभावीत क्षेत्रमा पर्दछ। 

नेपालमा पनि आँधीको प्रभाव 

बंगालको खाडीमा विकसित भएको तुफानी आँधी ९चक्रवात० ले नेपालमा पनि प्रभाव पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बंगालको खाडीको दक्षिण९पुर्वी भागमा एमफान नामको चक्रवात विकास भई बलियो हुँदै उत्तरपुर्वी दिशा तर्फ सर्दै गरेको विभागले जनाएको छ ।

विभागले यो चक्रवात नेपाल प्रवेश गर्ने संभावना न्यून रहेको जनाएको छ । तर यसको प्रभाव भने नेपालमा पर्ने छ। विभागले चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको जनाएको छ।

विभागले उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २(३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एक दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved