भारतमा आन्तरिक उडान खुल्ने, यस्तो छ यात्रु निर्देशिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 07:30:45 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले आन्तरिक उडान खुला गर्ने भएको छ । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले मे २५ बाट आन्तरिक हवाई सेवा सूचारु गर्न विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।

भारतमा ३१ मेसम्म लकडाउन बढाइएको भएपनि नयाँ दिल्लीसहित विभिन्न शहरमा सार्वजनिक यातायात चल्न थालिसकेका छन् । 

उडान खुल्ने भएपछि अब यात्रुले विमानस्थलमा बोर्डिङ पास लिनु नपर्ने, यात्रुका लागि बनाइएको एप्सबाट बोर्डिङ पास लिन सकिने, वेव चेक इन पनि पाईने बोर्डिङ पासलाई आफैले प्रिन्ट गरेर सोही पास बोकेर विमानस्थल जानुपर्ने छ । 

यात्रुले विमानस्थलमा ४ फिटको दूरी कायम गर्नुपर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने र हरेक यात्रुले ३५० एमएलको स्यानिटाइजर साथमा राख्नु पर्नेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved