कोरोनाले नछोएका १२ देश (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 01:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको कोरोना भाइरसले विश्वका १८८ भन्दा बढी देशहरुलाई आफ्नो चपेटामा पारिसकेको छ । करीब पाँच महिनाको अन्तरालमा झन्डै १८८ देशहरुलाई आफ्नो चपेटामा लिएपनि केहि देशहरुलाई अझैं पनि कोरोना भाइरसले छुन सकेको छैन। 

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले विश्वभरका वैज्ञानिक, स्वास्थ्यकर्मी, सरकार, विश्व स्वास्थ्य संगठनले मानिसहरुलाई सामाजिक दुरी कायम गर्न आग्रह गरिरहेका छन भने विश्वका करिब डेढ सय मुलुकहरु लकडाउनको अवस्थामा छन । 

जोहन होप्किंस विश्वबिद्यालयको तथ्यांकअनुसार मे २२, २०२० अर्थात जेठ ९, २०७७ सालसम्म विश्वभर कोरोना भाइरसका कारण ३ लाख ३४ हजार ६९८ जनाले ज्यान गुमाएका छन् भने करिब ५२ लाख मानिस कोरोना भाइरसबाट संक्रमित छन्। त्यस्तै कोरोना लागेर पनि २० लाख मानिस निको भएका छन् । कोरोनाका कारण मृत्यु हुनेमा अमेरिका अगाडी आइपुगेको छ । अहिलेसम्म अमेरिकामा ९६ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

विश्वभर माहामारीको रुप लिएको कोरोनाका कारण हजारौंले ज्यान गुमाएका छन् भने लाखौं कोरोना भाइरसबाट संक्रमित छन् । यद्दपी आजका दिनमा पनि करिब  दर्जन मुलुकहरुमा कोरोना भाइरस देखिएको छैन । 

यी हुन् कोरोनाले नछोएका देशहरु 

  1. किरिबती 
  2. मार्शल आइसल्याण्ड 
  3. नउरु 
  4. मिक्रोनेसिया
  5. उत्तर कोरिया 
  6. पलाउ 
  7. सामोआ 
  8. सोलोमोन आइसल्याण्ड 
  9. तुर्किमिनिस्तान 
  10. टोंगा 
  11. तुभलु 
  12. भनुअतु

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved