क्यानाडाले रोक्यो भारत र पाकिस्तानसँगको हवाइ उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2021 | 12:20:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि क्यानडाले भारतसँगको हवाइ उडानमा रोक लगाएको छ । क्यानडाको विदेश मन्त्रालयले भारत र पाकिस्तानसँगको हवाइ उडानमा अस्थायी रोक लगाइएको जनाएको छ । 

मन्त्रालयले विहिबारदेखि भारत र पाकिस्तानसँगका सबै उडानहरु बन्द गरिएको जनाइएको छ । क्यानडाका यातायातमन्त्री ओमार अल्गाबाराले दुबै देशबाट मानिसहरुको आवतजावत बढेपछि उडानमा प्रतिबन्ध लगाइएको बताएका छन् । 

अमेरिका, बेलायत, हङकङ र न्यूजिल्यान्डले पनि भारतसँगको उडानमा रोक लगाइसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved