वैज्ञानिक भन्छन् 'भेरिएन्टबारे पहिल्यै चेतावनी दिईएको थियो तर मोदी सरकारले बेवास्ता गर्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2021 | 05:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारको तर्फबाट गठन गरिएको बैज्ञानिकहरुको एक समुहले महिनादिन अगाडी नै भारतीय अधिकारिहरुलाई भारतमा एक नयाँ र धेरै खतरनाक भेरिएन्ट फैलिने चेतावनी दिएको खुलासा भएको छ। 

उक्त समुहमा आबद्ध मध्ये पाँच मध्ये चार बैज्ञानिकहरुले आफुहरुलाई यस बिषयमा जानकारी दिएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। चेतावनीको बावजुत पनि भारतको केन्द्र सरकारले भाइरस फैलिनबाट रोक्नलाई कडाई तथा प्रतिबन्ध लगाउने जस्ता काम नगरेको चार बैज्ञानिकहरुको आरोप छ। 

मास्क बीना नै लाखौँ मानिसहरुले धार्मिक आयोजना तथा राजनीतिक र्याली र सभामा हिस्सा लिएको र यसको आयोजना भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सत्ताधारी पार्टी भारतीय जनता पार्टी र विपक्षी नेताहरुले गरेको उनीहरुको दाबि छ। यहि बीच प्रधानमन्त्री मोदीले कृषि सम्बन्धी लिएको निर्णयको बिरोधमा दिल्लीका सिमाहरुमा हजारौं किसानहरुले महिनादिनसम्म प्रदशन जारी राखेका थिए। 

विश्वमै दोस्रो धेरै जनसख्या भएको देश भारत अहिले कोरोनाको दोस्रो लहरको संक्रमणसँग लडिरहेको छ। यो संक्रमण पहिलो लहरको भन्दा कयौं गुणा खतरनाक रहेको छ। दोश्रो लहरको लागि केहि बैज्ञानिकहरु नयाँ भेरिएन्टलाई जिम्मेवार मान्दछन भने केहि व्यक्ति बेलायतमा सबै भन्दा पहिले भेटिएको नयाँ भेरिएन्टलाई यसको जिम्मेवार ठान्दछन। 

दोस्रो लहरको कोरोना भाइरसको यो संक्रमणको क्षती सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आए पश्चातको सबैभन्दा ठुलो चुनौती हो। यो महामारीलाई नियन्त्रण गर्न उनले लिने नीतिले उनको आगामी राजनीति प्रभावित हुने देखिन्छ। भारतमा आम चुनाव सन् २०२४ मा हुनेवाला  छ। स्थानीय चुनाव कोरोनाको दोस्रो लहर आउनु भन्दा पहिले नै सम्पन्न भईसकेको छ। 

मार्चको सुरुवातमा नयाँ भेरिएन्टलाई लिएर भारतीय सार्स कोव-२ जेनेटिक्स कन्सोटियममा 'INSACOG' ले चेतावनी दिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्त निकट रहेका तथा उनलाई रिपोर्ट गर्ने एक ब्यक्तीलाई  यो चेतावनी दिइएको एक बैज्ञानिक र उत्तरी भारतमा एक रिसर्च सेन्टरका निर्देशकले आफ्नो नाम नलेख्ने सर्तमा बताएको रोयटर्सले जनाएको छ। तर उक्त रिपोर्ट  ले स्वयम प्रधानमन्त्री मोदीसम्म पुर्याएको थियो वा थिएन भन्नेबारे पुष्टि गर्न नसकिएको रोयटर्सले जनाएको छ। रोयटर्सले यस बिषयमा प्रधानमन्त्री मोदीको कार्यालयमा सम्पर्क गरेको तर त्यहाँबाट पनि कुनै जवाफ नमिलेको लेखेको छ। 

बैज्ञानिक सल्लाहकारहरुको यो समुह भारत सरकारले डिसेम्बरको अन्तिममा नै गठन गरेको थियो। यो समुह गठन गर्नुको मुख्य उदेश्य कोरोना भाइरसको त्यो जेनेटिक भेरिएन्ट पत्ता लगाउनु थियो, जुन सार्वजनिक स्वास्थ्यलाई लिएर खतरा हुन सक्छ। यो समुहले भाइरसको भेरिएन्टबारे अध्ययन गरिरहेका १० राष्ट्रिय ल्याबलाई एक ठाउँमा राखेर अध्ययन गर्न सफल भएको थियो। 

उक्त समुहका एक सदस्य तथा सरकारको तर्फबाट संचालित जीव बिज्ञान संस्थानका निर्देशक अजय पारिदाले रोयटर्सलाई बताएका छन्, 'INSACOG' को खोजकर्ताहरुले यहि फेब्रुअरीमा नै कोरोनाको नयाँ भेरिएन्ट B.1.617 पत्ता लगाएको थियो, जुन भेरिएन्टलाई भारतीय भेरिएन्ट समेत भनिएको छ। 

उत्तरी भारतको रिसर्च सेन्टरका निर्देशकले रोयटर्ससंग भनेका छन्, समुहले आफ्नो खोज १० मार्च भन्दा पहिले नै स्वास्थ्य मन्त्रलायको नेशनल सेन्टर फर डिजिज कन्ट्रोल 'एनसीडिसी' लाई साझा गरेको थियो र यो संक्रमण देशभर फैलिन सक्ने चेतावनी समेत दिएको थियो। ति व्यक्तिका अनुसार अध्ययनले पत्ता लगाएको खोज भारतीय स्वास्थ्य मन्त्रालयलाई पठाइएको थियो। यसबारे स्वास्थ्य मन्त्रालयले प्रतिकृयाको रुपमा कुनै जवाफ भने दिएको छैन। 

मार्च दशको आसपासमा नै बैज्ञानिकहरुको यो समुहले स्वास्थ्य मन्त्रालयको लागि प्रेस बिज्ञप्तीको ड्राफ्ट तयार गरेको थियो। त्यो ड्राफ्टको एक कपि आफुहरुले देखेको रोयटर्सको दाबी छ। उक्त समुहको खोजले नयाँ भारतीय भेरिएन्टमा दुई महत्त्वपूर्ण म्युटेसन भएको र मानव कोषिकासँग टाँसीने पत्ता लगाएको थियो। र महाराष्ट्मा गरिएको परिक्षणमा १५-२० हिस्स यो भेरिएन्ट भेटिएको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved