भारतको केन्द्रीय बैंकले फेरी ब्याज बढायो, अब नेपालमा पनि भारतीय युपीआई मार्फत सिधै भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2023 | 08:33:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय केन्द्रीय बैंकको रुपमा रहेको रिजर्भ बैंक अफ इण्डियाले फेरी रिपो दर बढाएको छ । बैंकले रिपो दरलाई २५ बेसीस पोइन्ट्सले बढाएर ६.५० प्रतिशत पुर्याएको छ । केन्द्रीय बैंकले लगायत छैठौ पटक रिपो दर बढाएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । रिपो दर भनेको वाणिज्य बैंकले केन्द्रीय बैंकसँग पैसा लिंदा लाग्ने ब्याजदर हो ।

मुद्रास्फीति बढ्दै गएपछि त्यसलाई रोक्न विश्वका अन्य केन्द्रीय बैंकले जस्तै भारतीय केन्द्रीय बैंकले पनि ब्याज बढाउने नीति लिएको हो । रिजर्भ बैंक अफ इण्डियाले सन् २०२३/२४ मा मुद्रास्फीति घटेर ५.३ प्रतिशत कायम हुने अनुमान गरेको छ । बैंकका अनुसार हालको मुद्रास्फीति दर ६.५ प्रतिशत रहेको छ ।

त्यस्तै बैंकले पाइलट प्रोजेक्टको रुपमा १२ वटा शहरमा सिक्का निस्कने भेन्डीङ मसिन राख्ने निर्णय गरेको छ । यी मसिन क्युआर कोड प्रविधिमा आधारित हुने छन् । कसैलाई सिक्का आवश्यक परेमा आफ्नो खातामा रहेको रकम क्युवार प्रविधि मार्फत मसिन मार्फत नै तिरेर त्यसको बदलामा सिक्का लिन सकिने छ ।

त्यस्तै बैंकले भारतीय पर्यटकले भारत बाहिर पनि युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) मार्फत भुक्तानी गर्न सकिने ब्यबस्था गरेको जनाएको छ । त्यस्तै भारत पुग्ने जी २० देशका नागरिकले पनि युपीआई मार्फत भारतमा भुक्तानी गर्न सक्ने छन् ।

भारतको फोनपे (phonepe) विदेशबाट समेत पैसाको भुक्तानी स्वीकार्ने पहिलो फिनटेक बनेको बिजनेश टुडेले उल्लेख गरेको छ। बिजनेश टुडेका अनुसार  नेपाल, भुटान, युएई, सिंगापुर र मरिसस घुम्न जाने भारतीय पर्यटकले यी देशमा समेत युपीआई मार्फत भुक्तानी गर्न सक्ने छन् । क्युआर कोड मार्फत यो भुक्तानी हुने बताईएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved