भारतको अडानी समुहमाथि छानविन गर्न भारतीय सर्वोच्च अदालतले बनायो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 01:39:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 भारतको सर्वोच्च अदालतले भारतीय अडानी समुह र हिडनवर्गबीच देखिएको विवादबारेछानविन गर्नको लागि समिति गठन गरेको छ। अदालतले यस विषयमा छानविन गर्न आदेश दिदै सेवानिवृत्त न्यायाधीश एएम सप्रेको अध्यक्षतामा समिति गठन गरेको हो ।

साथै अदालतले शेयरबजारको नियामक निकाय सेबीलाई पनि छानविन समितिको रिपोर्ट बुझाउन आदेश दिएको छ । अदालतले २ महिना भित्र यस विषयमा छानविन गरि प्रतिवेदन बुझाउन आदेश दिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । 

अमेरिकाको कम्पनी हिडनवर्गले अडानी समुहलेसंचालन गरेको कम्पनीबारे विशेष खुलासा गर्दै एक रिपोर्ट सार्वजनिक गरेपछि अडानी समुहका सबै कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको थियो । उक्त रिपोर्टमा अडानी समूहका कम्पनीले बजारमा चलखेल गर्ने गरेको, वित्तीय प्रतिवेदनहरुमा यथार्थ कुरा उल्लेख नगर्ने गरेको, नियमहरु पालना नगरेको लगायतका आरोप् लगाएको थियो।

प्रतिवेदन सार्वजनिक भए लगतई सेबीले यसबारे छानविन गरिरहेको छ । अदालतको आदेशपछि अडानी समुहका अध्यक्ष गौतम अडानीले अदालतको आदेशको स्वागत गर्दै छानविन समितिलाई सहयोग गर्नको लागि आफुहरु तयार रहेको र सच्याई नै बाहिर आउने बताएका छन् । 

भारतीय संचार माध्यमहरुजका अनुसार अदालतद्वारा गठित समितिमा सेवानिवृत्त न्यायाधीश एएम सप्रे बाहेक ओपी भट्ट, जेपी देवधर, केवी कामथ, नंदन नीलेकणी और एडवोकेट सोमशेखर सुंदरेसन रहेका छन्। यस समितिले प्रतिवेदन आएपछि बजारमा परेको असर बारे छानविन गर्ने छ। सतही प्रतिवेदनमा लगाईएको आरोपबारे पनि छानविन गर्ने छ । साथै यस्ता घटना हुन नदिन र के कस्ता नियामकीय व्यवस्था गर्न सकिन्छ, त्यसबारे पनि समितिले सुझाव दिनु पर्ने छ ।  

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved