भारत र मलेसियाबीच डलर त्यागेर भारतीय मुद्रामा कारोबार गर्ने सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 09:19:09 AM मा प्रकाशित

laxmi  sunrise bank

द्विपक्षीय व्यापारमा अन्तर्राष्ट्रिय प्रभाव कम गर्न भारत र मलेसियाबीच अमेरिकी डलरको सट्टा भारतीय मुद्रामा कारोबार गर्नेगरी सहमति भएको छ। भारतीय मुद्रामा व्यापार गर्ने विषयमा भारत र मलेसियाबीच महत्त्वपूर्ण सहमति भएको द हिन्दु पत्रिकाले लेखेको छ। चीन र रुसले डलरको विकल्प खोजिरहेका बेला यो सम्झौतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि भारत र मलेसियाको यो घोषणा रुस र युक्रेनबीच चलेको शीतयुद्धले दुवै देशको व्यापारमा असर नपरोस् भन्ने उद्देश्यले भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

द्विपक्षीय व्यापारलाई लिएर रिजर्भ करेन्सीको रुपमा अधिकतम अमेरिकी डलरको प्रयोग गर्ने गरिन्थ्यो। डलर छोडेर आफ्नो मुद्रामा व्यापार गर्नलाई भारतको यस कदमको अन्तर्राष्ट्रियव्यापारमा डलरको प्रयोग कम गर्ने जुक्तिको रुपमा हेरिएको छ। 

जुलाई २०२२ मा रिजर्भ बैंक अफ इन्डियाले वैदेशिक व्यापार र अब भारतसँगको द्विपक्षीय व्यापारमा भविष्यमा कुनै कठिनाई नआए हुन्थ्यो भन्ने उद्देश्यले यस्तो सम्झौता गरेको बजार चर्चा छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved